डोट्याली भाषामा “ड़” वर्णको उच्चारण र प्रयोग

डोट्याली भाषामा “ड़” वर्णको उच्चारण र प्रयोग आजको विषयवस्तु डोट्याली भाषामा ‘ड़’ वर्णको प्रयोग रहेको छ। यस खण्डमा डोट्याली भाषामा ‘ड़’ वर्णको प्रयोग, उच्चारण र ‘ड’ वर्णसँग भिन्नता बारे चर्चा गर्नेछौं। ‘ड़’लाई गल्तीले जानी वा नजानी ‘ड’ वा ‘ण’ लेख्ने गरिएको पाइन्छ। यी तीनै वर्णहरूको उच्चारण भिन्न छ जुन हामी तल चर्चा गर्नेछौं। ‘ड़’ वर्णको बारेमा चर्चा गर्नु अघि ‘ड़’ वर्ण प्रयोग भएका केही डोट्याली भाषाका शब्दहरू र ती शब्दहरूमा ‘ड़’ वर्णको प्रयोग हेरौं। पहाड़, डेड़, आड़, रोड़, गड़ा, कौड़ा, हाड़, हड़, ब:ड़, गूड़, पड़पड़, खड़खड़ , भाड़ा (सुन्नुहोस् Your browser does not support the audio element. ) माथिको उदाहरणहरूमा दिइए अनुसार ‘ड़’ वर्ण शब्दको मध्य वा अन्त्यमा आउँन सक्छ। यस वर्णबाट कुनै पनि शब्दहरू शुरू हुँदैनन्। यदि ‘ड़’को सट्टामा ‘ड’ वर्ण प्रयोग गर्ने हो भने यी शब्दहरू तल दिइए अनुसार बन्न जान्छन् पहाड, डेड, आड, रोड, गडा, कौडा, हाड, हड, ब:ड, गूड, पडपड, खडखड, भाडा (सुन्नुहोस् Your browser does not support the audio element. ) अब ‘ड’ वर्ण प्रयोग गरी लेखि...